मकवानपुरमा जीप दुर्घटना, ९ जना घाइते

हेटौंडा – हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।
घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए ।प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।रासस
फाईल तस्विर
तपाइँको प्रतिक्रिया