चितवन – नेपाल दाना अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे चयन भएका छन । संघको आज भरतपुरमा भएको पांँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयांँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वीर बहादुर गुरुङ्ग, उपाध्यक्ष द्धय प्रकाश श्रेष्ठ, प्रकाश चापागाई, महासचिवमा नेत्रनारायाण आचार्य, सचिवमा नरेन्द्र अधिकारी,सहसचिवमा मोहन कुमार श्रेष्ठ र कोषध्यक्षमा रामशरण नेपाललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा रामकृष्ण पुरी, रमेश अधिकारी, शुदर्शन जोशी, मोहनबाबु श्रेष्ठ, इन्द्र क्षेत्री चयन भएका छन ।
यस्तै अन्य सदस्यहरुमा प्रकाशमणी सापकोटा, सुरेशजंग पाण्डे, प्रेमप्रसाद गैरे , भरत पाण्डे, अनन्त दुवाडी गुरुप्रसाद सुवेदी र त्रिलोचन सुवेदी चयन भएका छन । संघको कार्यकाल तीन बर्षको रहनेछ ।