आगामी तीन दिनको मौसम पूर्वानुमान

एटुजेड समाचार

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने, देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै, तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

शुक्रबार दिउँसोः देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।रातिः प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।रातिः गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आईतबार दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।रातिः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू