प्रचण्ड-नेपाल पक्षद्वारा ओलीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । थापाथलीमा आज (बिहीबार) बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।
बैठकले पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने गरेको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।
यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ । यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।
तपाइँको प्रतिक्रिया