नेकपाको प्रचण्ड-नेपाल समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ।एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

उक्त समूहको बैठक दिउँसो १ बजे राजधानीमा बस्दैछ। महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो। नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।

पार्टी विभाजनमा नेता खनालले ‘त्याग’ गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुन लागेको एक नेताले बताए। यसअघि प्रचण्ड-नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू