अस्मिताको आवाजमा ‘हेर यो मुटुमा चिरा पर्या छ’ को फिमेल भर्जन (भिडियोसहित)

चितवन – दर्शक श्रोताले अत्याधिक रुचाएको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको फिमेल भर्जन सार्वजनिक भएको छ । मेल भर्जन सार्वजनिक भएको करिब चार महिनापछि उक्त गीतको फिमेल भर्जन आज (बुधबार) सार्वजनिक भएको छ ।
सार्वजनिक फिमेल भर्जनको उक्त गीतमा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीले आवाज भरेकी छिन् । यस अघी मेल भर्जनलाई बादल थापाले गाएका थिए । मेल भर्जनको शब्द लेखेका गायक थापाले नै फिमेल भर्जनको रचना गरेका हुन् । गीतमा संगित पनि उनकै छ भने विश्वास नेपालको संगीत संयोजन छ ।
सार्वजनिक फिमेल भर्जनको गीतको भिडियोमा चिरन्जिवी सापकोटा, रोशनी कार्की, प्रेम पुरी, समिक्षा पोख्रेल, मनिषा आचार्यलगायतका कलाकारहरु फिचर्ड छन् । सृजन बराल निर्देशित भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । मेल भर्जन जहाँ अन्त्य भएको थियो,फिमेल भर्जनको कहानी त्यहीबाट शुरु भएको छ । मेल भर्जनले जस्तै फिमेल भर्जनले पनि माया पाउने निर्माण युनिटको विश्वास छ ।
तपाइँको प्रतिक्रिया