यसकारण हुन्छ महिलालाई डिप्रेशनको जोखिम

हरेक व्यक्ति कुनै न कुनै कारणले गर्दा उदास हुनु सामान्य कुरा हो । तर, धेरै समयसम्म उदास रहिरहने हो भने त्यो डिप्रेसनको संकेत हुनसक्छ । डिप्रेशन एउटा त्यस्तो मानसिक विकार हो, जसको कारणले मानिसलाई केही पनि रमाइलो लाग्दैन । उसलाई आफ्नो जीवनमा दुःख बाहेक केही छैन भन्ने लाग्न थाल्छ ।
विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार डिप्रेसनको सम्भावना पुरुषभन्दा महिलालाई बढि हुन्छ । यसमा उनीहरुमाथि हुने घरायसी कामको बोझलाई पनि जिम्मेवार मानिएको छ । कामकाजी महिलाहरु समेत एकातिर घर र अर्कोतिर कार्यलय भ्याउनुपर्ने स्थितीमा हुँदा उनीहरु एक हिसाबले तनावग्रस्त रहने बताइन्छ । काम, करियर, जिम्मेवारीलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा धेरै महिला डिप्रेशनको स्थितीमा पुग्ने गर्छन् । त्यसैगरी महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो, जसको कारण महिला डिप्रेशनको शिकार बन्न पुग्छन् ।
चिन्ताको गहिरो रुप डिप्रेसन हो । डिप्रेसन मानसिक समस्या हो । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधी हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन ।
डिप्रेसनका मनोवैज्ञानिक लक्षण
१. निरन्तर चिन्ता लिनु
२. स्वास्थ्यको विषयमा चिन्तित रहनु
३. नकारात्मक विचार मनमा आउनु
४. भ्रामक विचार मनमा आउनु
५. काममा मन नलाग्नु
६. स्वभाव चिडचिडा हुनु
७. सानोतिनो कुरामा रिस उठ्नु
८. मनस्थितिमा परिवर्तन
९. पागल जस्तो व्यवहार गर्नु
१०. एक्लै बस्न मन पराउनु
११. नराम्रो सपना देख्नु
१२. कहिल्यै खुशी हुन नसक्नु
१३. कम बोल्नु
१४. डर लाग्नु
डिप्रेसनका शारीरिक लक्षण
१. टाउको दुख्नु
२. मुटु काँप्नु
३. खाना निल्नमा समस्या
४. उल्टी आउनु
५. बारम्बार बाथरुम जानु
६. शरीर पहेँलो हुनु
७. श्वास प्रश्वास छोटो हुनु
८. रिंगटा लाग्नु
९. मांसपेशीमा दुखाई
१०. मुटुको धड्कन बढ्नु
११. शरीर काँप्नु
१२. पसीना आउनु
१३. ब्लड प्रेसर घटबढ हुनु
१४ थकावट हुनु
डिप्रेसनको उपचार
डिप्रेसन भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । यस्तो नकारात्मक सोचबाट बाहिर निस्किने उपायहरु के छन् त, यसको चर्चा गरौं ।
१. विषयबाट ध्यान हटाउने
यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।
२. डिप्रेसनको कारण थाहा पाउने
यदि तपाईं डिप्रेसनको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले डिप्रेसनको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ । यदि सम्भव छ भने चाँडोभन्दा चाँडो समस्याको हल खोज्ने प्रयास गरौं ।
३. भविष्यको चिन्ता नलिने
‘भोली के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।
४. चिच्याउने
केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।
५. गीत सुन्ने
गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।
६. भावनाहरु सेयर गर्नु
तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।
७. नशाबाट जोगिने
तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ ।
८. प्राणायाम
यदि तपाई टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक प्राणायाम गरौं । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ ।
९. हास्ने कला सिक्ने
हास्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अष्त्र हो । हाँस्नाले हामीभित्र एन्डार्फिन हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं ।
१०. एक्लै नबस्ने
एक्लोपना डिप्रेसनको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुहोस् ।
तपाइँको प्रतिक्रिया