संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।
‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।
प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’
तपाइँको प्रतिक्रिया