ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा दिउँसो १ बजे बैठक बस्ने भएको हो।
बहुमत सांसद आफूसँग रहेको दाबी गरिरहेको यो पक्षले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक सांसदले जानकारी दिए। ‘आजको बैठकले संसदीय दलको नेता परिवर्तन गर्छ, पार्टी अध्यक्षबाट हटाइएका केपी शर्मा ओलीलाई दलको नेताबाट समेत हटाएर उनको ठाउँमा प्रचण्डलाई बनाउने तयारी छ,’ ती सांसदले भने।
तपाइँको प्रतिक्रिया