अविश्वासको डरले बसेन बागमती प्रदेश सभा बैठक, मुख्यमन्त्री पौडेलको पद धरापमा

हेटौंडा – गत साउन ८ गतेयता बागमतीमा प्रदेश सभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा सुरु हुनेबित्तिकै नेकपा विवादको बाछिटा पर्ने डरले मुख्यमन्त्री डोरमणि पौडेल संसद आह्वानको सिफारिस गर्न हच्किएका छन् ।
ओली निकट पौडेल अल्पमतमा छन् । त्यसैले आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर रहेको बागमती प्रदेशका एक मन्त्री बताउछन् ।
यससँगै प्रदेश सरकारको अंक गणित सुरु भइसकेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
प्रचण्ड–माधव नेपाल पक्षका सांसदले साथ नदिने अवस्थामा मुख्यमन्त्री पौडेलले कांग्रेस र अन्य साना दलको साथ लिनुपर्छ । तर अहिलेसम्मको स्थितिमा पौडेललाई ओली निकट सांसदबाहेक अरुको समर्थन छैन । यसको अर्थ स्पष्ट छ– बागमती प्रदेशका मुख्यमन्त्री पौडेल आफ्नै संसदीय दलभित्र अल्पमतमा छन् ।
तपाइँको प्रतिक्रिया