देशभर भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित

एटुजेड समाचार

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ ।

अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू