आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । तराई तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
बिहीबार देशका पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।
तपाइँको प्रतिक्रिया