चितवनमा प्रधानमन्त्री ओलीको समर्थनमा दिप प्रज्वलन

चितवन – चितवनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा दिप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री ओलीका समर्थकहरुले चितवनमा आज (मंगलबार) भरतपुरको चौविसकोठीमा साँझ दिप प्रज्वलन गरेका हुन् ।
युवा विद्यार्थीहरुको समूहले दिप प्रज्वलन गर्दै ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो ।’ ’केपी ओली जिन्दाबाद, आजलाई होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नेकपा जिन्दावाद, भोट के मा सूर्यमा, जबज जिन्दाबाद ’ पाटी एकता जिन्दाबाद, भारतिय दलालहरु होसियार जस्ता नारा लगाएका थिए ।
सप्तगण्डकी अनेरास्ववियुका अध्यक्ष हरि आचार्यले पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको बताए । उनले गलत व्यक्तिको हातमा देश सुम्पिन नचाहनुको भएकोले जनतालाई सुम्पिनु सहिद कदम चाल्नु भएको भन्दै युवा तथा विद्यार्थीहरुले दिप प्रज्वलन गरिएको बताए ।
तपाइँको प्रतिक्रिया