साहित्यकार हरिहर सविता स्‍मृति विशेषाङ्क ‘नौलो राँको’ लोकार्पण

एटुजेड समाचार

चितवन – साहित्य संगम चितवनले साहित्यकार हरिहर सविता स्‍मृति विशेषाङ्क नौलो राँको चितवनमा लोकार्पण गरेको छ । भरतपुरमा आज (मंगलबार) एक कार्यक्रमकाबीच हरिहर सविता दोस्रो वार्षिकीको अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो ।

दिवंगत हरिहर सविताकी धर्मपत्नी लीला देवी रेग्मी र साहित्य संगमका अध्यक्ष प्रकाश चापागाईले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।कार्यक्रममा साहित्यकार एवं पत्रकार रेशम विरहीले साहित्यकार सविताको व्यक्तित्व र कृतित्व बारे प्रकाश परेका थिए ।

य्यस्तै पुस्तकका सम्पादक शशी किरण रेग्मीले सविता स्‍मृति विशेषाङ्क नौलो राँको बारे प्रकाश परेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणी काफ्ले, साहित्य संगम चितवनका उपाध्यक्ष बाबुराम पाण्डे, रविकिरण ‘निर्जिव’ लगायतले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू