ओलीलाई प्रचण्डको काउन्टर : एकतिहाई सदस्य बसेर तीन तिहाई थप्न मिल्छ ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको दाबी गरेका छन् ।
थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे– ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’
यस्तै उनले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे ।
तपाइँको प्रतिक्रिया