नेकपा ओलीपक्षद्धारा चितवनका आठ नेता केन्द्रीय सदस्यमा मनोनित

एटुजेड समाचार

चितवन – फुटको संघारमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समुहले आज (मंगलबार) छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बोलाए । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बस्ने गरी बैठक बोलाएका हुन् ।

ओली पक्षको केन्द्रीय समिति बैठकले चितवनका आठ जना नेता केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बैठकबाट चितवनका नेकपा नेताहरु हरि सापकोटा, जेएन थपलिया, दावा लामा, विजय सुवेदी, प्रभा बराल, शारदा कुमाल, कपिल पोख्रेल र पार्वती रावललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । ओलीले एक हजार १९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन् ।

मनोनित सदस्यहरूले आजै पद तथा गोपनीयता सपथ लिएका छन् । नेकपामा अहिले ४४६ जना केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो उनले मनोनयन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु