बामदेवलाई भेट्न भैंसेपाटी पुगे बादल
काठमाडौँ – नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् ।मंगलबार दिउँसो गृहमन्त्रीसमेत रहेका बादल गौतमलाई भेट्न उनको निवास पुगेका हुन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल दुवै गएका थिएनन् ।
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले दिएको जानकारी अनुसार गौतम र बादलबीच अहिले छलफल भईरहेको छ ।
दुवै जना पार्टी एकताको पक्षधरमा रहेको र पार्टीभित्रको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको सुवेदीले जानकारी दिए ।
गौतमले सोमबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आयोजना गरेको दुवै भेलामा सहभागी नहुने घोषणा गरेका थिए।
यसअघि गौतमलाई भेट्न अध्यक्ष दाहाल निकटका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी गएका थिए ।
तपाइँको प्रतिक्रिया