काठमाडौं – अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।
सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् । महासेठ र महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्।

