नेकपाकाे छुट्टाछुट्टै भेलापछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे छुट्टाछुट्टै भेलापछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ । उपत्यकाका मुख्य चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीका साथै सादा पोसाकका प्रहरीलाई पनि उत्तिकै सङ्ख्यामा खटाइएको छ ।
नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएकाे ठाउँहरूमा समेत बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्गलगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।
तपाइँको प्रतिक्रिया