यस वर्षको हिउँदे विदा नदिने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे विदा नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै हिउँदे विदा रद्द गरिएको जानकारी दिएको छ । ‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरी पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रिया