प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बादल उपस्थित भएनन्

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएनन् ।

बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा रहेका छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु