गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दन सम्मानित

चितवन – राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको छ । चितवनको नारायणगढमा गितकार संघ नेपालको आठौं स्रष्टा सम्मान तथा दशौं वाषिकोत्सब कार्यक्रममा नन्दनलाई मुख्यमन्त्री डोरमणि पौडेलद्धारा नगद १ लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै यस वर्षको उत्कृष्ट गितकारको रुपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनका लागि जनतामा गित संगित र रचनाले छोड्ने छाप भाषण छोड्न नसक्ने बताए । देशमा ठूला परिवर्तनका लागि गीत संगितले महत्वपुर्ण भूमिका खेलेको पौडेलले बताए ।



गीतकार संघका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
तपाइँको प्रतिक्रिया