आमा बन्दै नेहा

एजेन्सी – चर्चित बलिउड गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन्। नेहाले सामाजिक सन्जाल मार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी छिन् ।
नेहाले इन्स्टाग्राममा आफ्नो र उनका श्रीमान् रोहनप्रित सिंहको फोटो राखेकी छिन् जसमा नेहाको बढेको पेट स्पष्ट देखिन्छ। उनले क्याप्सनमा लेखेकी छन्, ‘#अब ख्याल राख्नु।’
नेहाको यो पोष्ट र क्याप्सनमा रोहले प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘अब त तिम्रो ख्याल झन् बढी राख्नुपर्छ नेहु।’ नेहाले तस्वीर सार्वजनिक गरेलगत्तै उनलाई बधाइ दिन उनका प्रशंसक र बलिउडका कलाकारहरूको ओइरो लागेको छ। नेहाले रोहनसँग सम्बन्ध सार्वजनिक गरेको भोलिपल्टै विवाह गरेकी थिइन्।


तपाइँको प्रतिक्रिया