चितवन – रत्ननगर उवासंघको २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फको सदस्य पदका उमेद्वार अरुण कुमार शिवाकोटीले संस्थालाई व्यवसायीक सुरक्षाका सवालमा अब्बल बनाउननै आफ्नो उमेद्वारी रहेको बताएका छन् ।
खैरहनी न.पा. वडा नं. १२, कुमरोज गवैं, निवासी शिवाकोटीले विगत १६ बर्ष देखि रत्ननगर–२, टाँडीमा रहेको रिफ्रेस एक्ज्याट स्टडी सेन्टर प्रा.लि. मा आबद्ध रही पूर्वी चितवन वासीलाई यस २१ औं शताब्दीको नयाँ टेक्नोलोजि कम्प्यूटर शिक्षा प्रदान गर्दै आएका छन् ।



त्यस्तै उनि विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छन् । उनि लायन्स क्लब अफ, राइनो सिटी बर्ष २०२०÷२१ का सचिव, पेवा बचत तथा ऋण सहकारी संस्था लि. का लेखा सुपरीवेक्षण, संयोजक, लियो क्लब अफ रत्ननगरका वर्ष १११२ का अध्यक्ष, न्यू क्यापिटल कलेजमा कम्प्युटर शिक्षा प्राध्यापक, सर्वज्ञ बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यको रुपमा संलग्न रहेका छन् ।
शिवाकोटीले रत्ननगर उवासंघको २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फको सदस्य पदमा आफ्नो उमेदवार रहेकाले संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउन साथै शैक्षिक क्षेत्रमा रत्ननगरलाई नयाा उचाइमा पर्याउन आफुलाई अमुल्य मत दिइ सहयोग गर्न सबै व्यवसायीमा आग्रह पनि गरे ।