काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन ओली भौतिक रुपमा अनुपस्थित भएका थिए । स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी हुने बताए । आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ ।
पहिलो दिनकोे बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका प्रतिवेदन र दस्तावेजहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । साथै यही विचमा सहमति खोज्ने अनेकौ प्रयास भएपनि सहमति भने जुट्न सकेन । त्यसका लागि ओली प्रचण्डबीच एक्लाएक्लै र दोस्रो तहका नेताहरुबीच पनि छलफल भएको बताइएको छ ।