रामचन्द्र र जुनुको ‘वनचौरी’ सार्वजनिक (भिडियोसहित)

एटुजेड समाचार

चितवन – गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ । रामचन्द्र र जुनुको ‘वनचौरी’ बोलको नयाँ गीत आज (शनिबार) सार्वजनिक भएको हो ।

चितवनमा आयोजित एक बिशेष कार्यक्रममा बीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा राजकुमार बगरको शब्द, संगीत तथा महाराज थापाको संगित संयोजन रहेको छ ।

गीतको भिडियोमा अहिलेका चर्चित अभिनेता पल शाह र मोडल रियाशा दाहाल फिचर्ड छन् । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने बिकास दहालले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक गायिकाको साथमा अभिनेता पल शाहको पनि उपस्थिती रहेको थियो । उनिहरुले गीतका लागि निकै मेहेनत गरिएकोले दर्शकको माया पाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुले गीतलाई सफलताको शुभकामना दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु