भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

एटुजेड समाचार

भरतपुर – भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा  मकवानपुर जिल्ला, हेटौडा-५ बस्ने ८५ वर्षीय पुरुष रहेका छन् ।

ति पुरुषलाई मंसिर २५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछी अस्पताल भर्ना गरिएको हो । ति पुरुषलाई २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आईसियुमा राखी उपचार गरिएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ति पुरुषको उपचारका लागि सबै उपायहरु गर्दा गर्दै पनि गएराती ९:१५ बजे कोरोना निमोनियाको कारण मृत्‍यु भएको पौडेलले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु