विवादमा तानियो रत्ननगर उवासंघको निर्वाचन ः उमेदवारी दर्तामा हस्ताक्षर किर्ते गरेको आरोप

एटुजेड समाचार

रत्ननगर । आउंँदो सोमबार हुन गईरहेको रत्ननगर उद्योग वाणिज्य संघ निर्वाचन सरगर्मी बढिरहेको छ । आ आफ्नै पार्टी निकट प्यानलले आ–आफ्ना उमेदवारलाई उमेदवारी दर्ता गराएका छन । आजका मितिसम्म उमेदवारी फिर्ता, दाबी बिरोधको समय पनि सकिएको छ । विभिन्न गुट उपगुट चलिरहेको निर्वाचनमा उवासंघको वाणिज्य तर्फको उम्मेदवारी प्रक्रियामा किर्ते तथा झुटो भएको बताईएको छ ।

वाणिज्यतर्फको उपाध्यक्षमा सहमतिमै सर्वप्रथम उमेदवारी दिएका देवीप्रसाद डल्लाकोटीको एकाएक परिवर्तन भएर उद्योगतर्फको उपाध्यक्षमा दर्ता भएपछि आफू अन्यायमा परेको देवीप्रसादका छोरा शैलेशले बताएका छन । छोरा शैलेश डल्लाकोटीले टेलिफोन सम्पर्कमा बताए अनुसार उनका बुबाले बाणिज्य तर्फ उपाध्यक्ष पदको लागि उमेदवारी दिएर गएको र डिके सप्लार्यस कम्पनी उल्लेख गरिएपनि भोलिपटक उद्योग तर्फको उपाध्यक्ष वाणिज्य तर्फ टीक लगाएको ठाउंँमा उद्योगमा टीक लगाईएको र डिके सप्लायर्स लाई समेत काटेर डल्लाकोटी एण्ड कम्पनी राखिएको र हस्ताक्षरनै किर्ते गरिएको छ ।
‘फर्ममा स्पष्ट छ अघिल्लो दिन वाणिज्यतर्फ ,टीक लगाएर कम्पनी डीके सप्लायर्सको ठाउंँमा डल्लाकोटी एण्ड कम्पनी छ । हस्ताक्षर पनि बुवाको हुदै होईन’ उमेदवारका छोरा शैलेशले भने ।
रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनमा नेकपा प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा आफुलाई उठाउने केहि समय अघि नेकपा प्यानलको ३ सदस्य रहेको वार्ता टोलिबाट टुङ्गिएको भएता पनि अन्तिम समयमा आएर मनोनयन दर्ताको दिनमा बुवालाई धोका दिएको उनले बताए ।
निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले फाराममा केरमेट भएपनि हस्ताक्षर किर्ते होकि होइन भन्न नसकिने बताए । ‘उहांँहरुक्रै ग्रुपले फर्म भरेर ल्याएको हो, हस्ताक्षर किर्ते होकि होइन यो मेरो क्षेत्र भित्र परेन ।’ निर्वाचन मर्यादित, ऐनकानुन र आचारसंहिता बमोजिम गर्ने जिम्मेवारी मात्र आफ्नो भएको अधिकारीको भनाई छ । यसबारेमा जानकारी लिन खोज्दा उवासंघ अध्यक्ष राजारम रेग्मीले यस विषयमा आफू जानकार नभएको बताए । ‘म निर्वतमान हुन लागेको अध्यक्ष , मैले निर्वाचन हुन लाग्दा पक्ष विपक्ष लिनु उपयुक्त हुदैन ।’ उनले भने । तर देवी प्रसादका छोरा शैलशले अनियमितता बाहिर आउने देखेर आफू इत्तरका समुहले ढाकछोप गर्ने र यसबाट आफूलाई अन्याय र पीडाबोध भएको उनले बताए ।

हाल नेकपा तर्फबाट बाणिज्यतर्फ देवीप्रसाद सहित दुईजनाले उमेदवारी दिएका छन भने सोही पदको लागि कांँग्रेस निकट बाट एकजना रहेका छन ।
प्यानलका डल्लाकोटीले हालको कार्यसमितिमा आफु कोषाध्यक्ष पनि रहेको बताउदै अब कोषाध्यक्षकोनै हस्ताक्षर किर्ते गरिएपछि धेरै प्रश्न उब्जिएको बताए ।

डल्लाकोटीले रत्ननगरमा उद्योग वाणिज्य संघमा दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरेका थिए भने हालको कार्यसमितिमा उनी कोषाध्यक्ष रहेका छन् । यस बाहेक उनी लायन्स क्लब अफ चितवन इष्टको वर्ष २०१७र२०१८ का अध्यक्ष, नेपाल अडिटर एसोसियसन जिल्ला चितवनको दुई कार्यकाल अध्यक्ष, नेपाल अडिटर एसोसियसन बाग्मती प्रदेश समिति उपाध्यक्ष, डि.के. सप्लायर्सको प्रोपाइटर र डल्लाकोटि एण्ड कम्पनीको सञ्चालक पनि रहेका छन् ।

उनले आफु ब्यवसायिक व्यक्तित्व भएकाले र उवासंघमा आफु ब्यवसायीक हितका लागि लड्ने चाहाना अनुरुप अगाडी बढेको र आफु वाणिज्य उपाध्यक्ष पदको उमेदवारी, पछि हट्नका लागि र उवासंघमा हुने राजनीति , खिचातानी बेथिति विरुद्ध लड्नका लागि उमेदवारी दिएको उनको भनाई छ ।

उता नेकपा प्यानलमा भने हाल वाणिज्य तर्फको उपाध्यक्ष पदमा भिम नारायण श्रेष्ठको उमेदवारी कायमनै छ । नेकपाले उद्योग तर्फको उपाध्यक्ष पदमा डल्लाकोटीलाई राखेको भएपनि अन्तिम समयमा पुरु खनाललाइ सदस्यबाट उपाध्यक्ष पदमा तानेको बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु