डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ बजारमा
काठमाडौं – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ प्रकाशित भएको छ । पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।
पुस्तकका सन्दर्भमा डा. भट्टराई भन्छन् “पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्तकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु ।”पुस्तकका सन्दर्भमा डम्बर खतिवडाले भूमिकामा लेखेका छन्, ‘यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक–वैचारिक परिवेसलाई बुझ्न र विशेषतः उतर–गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ ।’२७४ पृष्ठको पुस्तकको मूल्य ४६४ रुपैयाँ छ ।
तपाइँको प्रतिक्रिया