जनताबाट प्राप्त हुने रचनात्मक आलोचना सरकारका लागि मार्गदर्शक हुनेछ : प्रधानमन्त्री

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त हुने रचनात्मक आलोचना सरकारका लागि मार्गदर्शक हुने बताएका छन् । तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने ओलीले बताएका हुन् ।

विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् । लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकारले सधैं स्वागत गर्ने उनले बताए । ओलीले भने ‘तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’

आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु