चितवनमा कोरोना संक्रमितको संख्या ६०१६ पुग्यो, ९७ को मृत्‍यु, ५५१६ डिस्चार्ज

एटुजेड समाचार

चितवन – चितवनमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार जिल्लाभर आज (बुधबार) सम्म संक्रमितको संख्या ६ हजार १६ पुगेको हो । जसमध्ये पुरुष ३ हजार ५ सय ९५ जना छन् भने महिला २ हजार ४ सय २० जना छन् ।

चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ७० पुगिसकेको छ ।

रत्ननगर नगरपालिकामा अहिलेसम्म ७ सय २५ जनामा कोरोना देखिएको छ । खैरहनी नगरपालिकामा ३ सय ८८, राप्ती नगरपालिकामा ३ सय ६, कालिका नगरपालिकामा १ सय ८० र माडी नगरपालिकामा १ सय ११ जनामा कोरोना देखिएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३६ जनामा कोरोना पुष्टि भएको छ ।

५५१६ जना कोरोनामुक्त

चितवनमा कोरोना निको हुनेको संख्या ५ हजार ५ सय १६ जना पुगेको छ । भरतपुरमा मात्रै अहिलेसम्म ३ हजार ८ सय ८३ जनाले कोरोना जितेका छन् ।रत्ननगर नगरपालिकामा ६ सय ८२ जना कोरोनामुक्त भएका छन् । यस्तै खैरहनी नगरपालिकामा ३ सय ६४, राप्ती नगरपालिकामा २ सय ८९, कालिका नगरपालिकामा १ सय ६० र माडी नगरपालिकामा १ सय ५ र इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३३ जना कोरोनामुक्त भएका छन् ।

९७ जनाको मृत्‍यु

चितवनमा कोरोना भाइरस संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९७ पुगेको छ । भरतपुरमा मात्रै अहिलेसम्म ५९ जनाको कोरोनाबाट मृत्‍यु भइसकेको छ ।यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट रत्ननगर नगरपालिकामा १२ जनाको मृत्‍यु भएको छ । खैरहनी नगरपालिकामा ९ जना, राप्ती नगरपालिका र कालिका नगरपालिकामा समान ८- ८ जना,  इच्छाकामना गाउँपालिकामा १ जनाको मृत्‍यु भएको छ । माडी नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमितको मृत्‍यु भएको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु