भरतपुरको डम्पिंग साइटमा फोहोर संकलनकर्ताहरुलाई स्वास्थ सुरक्षा सामग्री वितरण

एटुजेड समाचार

भरतपुर – भरतपुरको नारायणी किनारस्थित डाम्पिंग साइट मा फोहोर संकलनकर्ताहरुलाई स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको छ । आज (मंगलबार) बेटर चितवनको समन्वय तथा क्रिएसन नेपालको सहयोग एवं सन्देश फ़ाउण्डेशन नेपाल र वे ग्रूप समेतको सहभागितामा स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको हो ।

अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल (क्रिएसन)ले वल्र्ड बैंकको आर्थिक सहयोगमा र बेटर चितवन संस्थाको सहजीकरणमा भरतपुरको ल्याण्डफिल्ड साईट र वेस्ट म्यानेजमेन्ट ग्रुप प्रा.लि. गरी दुई स्थानका जम्मा ५१ जना सफाईकर्मीहरुलाई सहयोग सुरक्षा सामाग्री वितरण गरेको थियो ।

उक्त कार्यक्रममा रिसाईकलर तथा कार्यक्रम प्रबंधक प्रतिष्ठा श्रेष्ठले सफाईकर्मीहरुले दैनिक रुपमा गर्दै आईरहेको कामले उनीहरुको जिविको उपार्जनमा मात्र टेवा नभई समुदाय र वातावरण सफा राख्न अति नै मद्घत पुगेको बताईन् । सफाईकर्मीहरुको स्वास्थ्यमा ध्यान दिनु, उनीहरुलाई सहयोग र साथ दिनु आजको प्रमुख आवाश्यकता रहेको उनले व्यक्त गरिन् ।

वेटर चितवन संस्थाका तर्फबाट सुवर्ण घिमिरेले नेतृत्व गरेका थिए भने वातावरण क्षेत्रमा नै काम गर्दै आईरहेको वे ग्रुप नेपालका संयोजक भोज नारायण कंडेल र संदेश फाउण्डेसन नेपालका संयोजक दिवाकर श्रेष्ठले नेतृत्व गरेका हुन् ।

सफाईकर्मीहरुले फोहोरको बिचमा काम गर्दै गर्दा निकै नै जोखिम मोल्नु परेको छ । कसैले पनि सामान्य सुरक्षा सामाग्री समेत प्रयोग नगरेको पाएपछि उनीहरुको आवश्यकता बुझेर क्रिएसनको सहयोगमा करिब दुई हप्ताको निरन्तर अध्ययन भएपछी सफाईकर्मीहरुलाई उक्त सामाग्रीहरु सहयोग गरिएको बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिए ।

कार्यक्रममा सफाईकर्मीहरुलाई माक्स, पञ्जा, जुत्ता, सुरक्ष्यात्मक जम्पसुट लगायतका अत्यावश्यक सुरक्षा सामाग्री सहयोग गरिएको थियो । साथै चिकित्सक डा. सुवास बस्नेत र स्वास्थ्यकर्मी स्वयमसेवकहरुको टोलीको नेतृत्वमा स्वास्थ्य परामर्श र प्राथमिक उपचार सेवा प्रदान गर्नुका साथै सरसफाई सम्बन्धि सामान्य चेतनामूलक कार्यक्रम पनि संचालन गरिएको थियो ।

No description available.

No description available.

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु