गौतमबुद्ध कप :त्रिकोणात्मक क्रिकेट सिरिजका लागि भरतपुर महानगरसंग भयो सम्झौता

चितवन – त्रिकोणात्मक क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिका विच पहिलो चरणको सम्झौता भएको छ ।
तीन टिमको सहभागिता रहने त्रिकोणात्मक क्रिकेट प्रतियोगिता निर्माणाधिक गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हातामा रहेको नमुना मैदानमा हुनेछ । प्रतियोगिता मंसिर २७ गतेबाट ३० गतेसम्म हुनेछ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याम्पमा रहेका खेलाडीले सहभागिता जनाउनेछन ।
प्रतियोगितामा राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडीलाई तीन टिममा विभाजन गरिनेछ । गौतमबुद्ध कप नाम दिइएको सो प्रतियोगिताका लागि सम्झौता भएको हो । यो प्रतियोगिता कुन फरम्याटमा गर्ने भन्ने कुरा भने खुलाईएको छैन ।
सम्झौतापत्रमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले हस्ताक्षर गरेका हुन । सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र पौडेल र प्रतियोगिता निर्देशक उमेश पियाको पनि सहभागिता रहेको छ ।
प्रतियोगिताको लागि भरतपुर महानगरपालिकाले १० लाख सहयोग गर्ने भएको छ । भने यस्को कुल बजेट २५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
तपाइँको प्रतिक्रिया