‘सपना मगरजस्तो प्रेरणादायी समाजसेवीलाई भेट्न पाउँदा खुशी छु’ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गरेका हुन् । पौडेलले भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा सपनालाई बधाई दिएका हुन् ।
नेपाली सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै पौडेलले समाजसेवी मगरको प्रशंसा गरेका थिए । अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए ।
समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै सपना मगरजस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको उनले बताए ।
तपाइँको प्रतिक्रिया