घर र कार्यालयमा गाँजा भेटिएपछि पक्राउ परिन् भारती सिंह

मुम्बई – हास्य कलाकार भारती सिंहको घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले सिंहलाई पक्राउ गरेको छ।
एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ।
लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षका तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छापा मार्दा गाँजा भेटिएपछि भारतीसहित पतिलाई पक्राउ गरिएको हो।


पक्राउ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो। छापा मार्दा एनसिबीले ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।
पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्। उनीहरूलाई आज अदालतसमक्ष पेस गरिनेछ। भारतीय कानुन अनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ। एजेन्सी
तपाइँको प्रतिक्रिया