कमेडियन भारती सिंहको घरमा मार्यो एनसीबीले छापा

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले कमेडियन भारती सिंहको घरमा छापा मारेको छ।
एनसिबीले शनिबार बिहान सिंहको मुम्बईस्थित घरमा छापा मारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।सिंहको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ । यद्यपि ती लागुऔषध हुन् वा होइन भन्ने पुष्टि नभएको टुडेले बताएको छ ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि फिल्मी क्षेत्रमा लागू औषध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए । यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो।


लागू औषध दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ गरेको थियो। एक महिना हिरासतमा बसेपछि चक्रवर्तिलाई जमानतमा छोडेको थियो। एजेन्सी
तपाइँको प्रतिक्रिया