चितवन – चितवनस्थित भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह प्राध्यापकमा नियुक्त भएका छन् । प्रतिष्ठानले अर्को व्यवस्था नभएसम्मका लागि डा. अधिकारीलाई सह प्राध्यापकको जिम्मेवारी दिएको हो ।
गत १६ गते बसेको प्राज्ञिक परिषद्को बैठकले यस्तो निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

