चितवन – चितवनमा पाँच लाखसहित २४ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु सबै भरतपुर महानगरपालिका–५ कैलाशनगरका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार राति पक्राउ गरिएको हो ।



स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।
उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले गुरुङले बताए । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने गुरुङले जनाए ।