रौतहट – रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या भएको छ। हत्या हुनेमा १८ वर्षिया अमृता कुमारी रहेकी छिन् । गए राति करिब ११ बजेतिर गोली प्रहारबाट ती युवतीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्। अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले बताएको छ । गोली प्रहार गर्ने समूह भने फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। विवाहको केही समयपछि श्रीमानसँग सम्वन्ध विच्छेद गरेपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्।