काठमाडौंको कलंकीमा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको कलंकीमा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि तीन जनाको मृत्यु भएको छ। भने एक जना घाइते छन्।

मृत्यु हुनेहरुमा नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङ रहेका छन् ।  घाईते हुनेमा नुवाकोट तारकेश्वरका २२ वर्षिय बिजय तामाङ रहेका छन् ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान करिब ३।३५ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि सडकमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकसँग ठक्कर खाएको थियो।

घाइतेहरूलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा तीन जनाको मृत्यु भएको र एक जना सामान्य घाइते रहेको प्रहरीले बताएको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू