चितवन – भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव सगालेका युवाहरुले रत्ननगर सौराहाचोकमा एस.आर. स्टुडियो सञ्चालनमा ल्याएका छन् । पूर्वी चितवनको रत्ननगर सौराहाचोक स्थित साहारा सुपर मार्केटको उद्धघाटनसगै एस आर स्टुडियो समेत उद्धघाटन गर्दै सञ्चालनमा आएको हो ।
फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापन सहित फोरके क्यामराबाट विवाह ब्रतबन्ध सहित विविध समारोह समेत छायाकंन गर्ने गरी एस आर स्टुडियो सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक सुजन खनालले जानकारी दिए । खनालसहित रविन पौडल समेत एस आर स्टुडियोका सञ्चालक हुन् । पछिल्लो समयमा भिडियो खिच्ने प्रचलन निकै बढेको छ सञ्चालक रविन पौडेलले भने, हामी उत्कृष्ट, गुणस्तरीय भिडियो तथा फोटो खिच्ने सेवा दिने उद्देश्य छ ।


उनले व्यवसायीक रुपमा आफुहरु आएकोले एसआरको सेवा फरक शैलीको हुने दावी पनि गरेका छन् । एसआरले आजदेखि उद्धघाटन भएको साहारा मार्केट खुलेको अवसरमा एक हप्तासम्म विवाह बुक गर्ने ग्राहक हरुलाई २० प्रतिशत छुट अफर समेत घोषणा गरेको प्रबन्ध निर्देशक खनालले जानकारी गराए । साथै खनालले स्टुडियो सङै मिरर ब्युटी समेत संचालनमा ल्याएका छन । सो कस्मेटिक पसलको संचालक शान्ता शर्मा खनाल रहेकी छन् ।