चितवन – चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जना र अन्य जिल्लाका २ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेहरुमा भरतपुरका ६ जना, कालिका नगरपालिकाका २ जना रहेका छन् भने नवलपरासीका २ जना रहेका छन् । संक्रमित हुनेहरुको उमेर १५ वर्षदेखी ७० वर्ष समुहका रहेका छन् ।

