चितवन – चितवनमा एक महिलामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको नवलपुरको कावासोती नगरपालिका ५ कि ६९ वर्षीया महिलामा आज (बुधबार) कोरोना पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मृतक महिलाको रिपोर्ट पोजेटिभ आएको हो । निमोनिया र मृगौला सम्बन्धी समस्याका कारण गत २४ गते अस्पताल भर्ना भएकी उनको मंगलबार मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।