उद्योग वाणिज्य महासंघ निर्वाचन: चितवनका पूर्वअध्यक्षद्धय चुके र प्रधान चुनावी मैदानमा

एटुजेड समाचार

चितवन – निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणि समिति सदस्यका लागि चितवनबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । उवा संघ चितवनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष उत्तमलाल चुके र निबर्तमान अध्यक्ष सहनलाल प्रधानले आज (बुधबार) उम्मेदवारी दर्ता गरेका गरेका छन् ।

उवा महासंघको ५४ औं वार्षिक साधारण सभा एवम् निर्वाचन आगामी मंसिर ११ देखी १३ गते हुने तय भएको छ । उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार महासंघको विधान अनुसार चुकेले संस्थापक सदस्य र प्रधानले वागमति प्रदेशको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

संघको सचिवालयबाट अनलाईन मनोनयन–पत्र दर्ता गरेका उम्मेदवारद्धयले जिल्ला÷नगर उद्योग वाणिज्य संघको स्तरोन्नती गर्दै देशको आर्थिक एवम् सामाजिक विकासमा निजि क्षेत्रको भूमिकालाई अझ बढि प्रभावकारी बनाउनका लागि आफुहरुले उम्मेदावारी दिएको बताएका छन् ।

संघका अध्यक्ष श्रेष्ठले उवासंघ चितवन महासंघको संस्थापक सदस्य समेत रहेकोले यस संघको प्रतिनिधित्वले महासंघमा ठुलो अर्थ राख्ने बताए । उनले यस क्षेत्रको व्यवसायीक आवाजलाई बुलन्द गर्दै संघको साखलाई उचाईमा पु¥याउन उम्मेदवारद्धयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गर्दै दुवैको जीत सुनिश्चित भएको समेत बताए ।

बि.स. २०२० स्थापित नेपाल उद्योग वाणिज्य महासंघमा उद्योग वाणिज्य संघ–चितवनको प्रतिनिधित्व रहंदै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । महासंघको बर्तमान कार्यसमितिमा पूर्वअध्यक्ष द्धय डा.तिलचन्द्र भट्टराई र कल्याण जोशीले प्रतिनिधित्व गर्नुका साथै पूर्वअध्यक्ष राजन गौतम बागमति प्रदेशको उपाध्यक्ष समेत रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु