मंसिर २ गते पनि सार्वजनिक बिदा, तिहार बिदा लम्बियो

एटुजेड समाचार

काठमाडौं – मंसिर २ गते पनि सार्वजनिक बिदा दिने सरकारको निर्णयले तिहारको बिदा लम्बिएको छ । सोमबार बसेको मन्त्रिपरिषदले किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै तिहार बिदा लम्बिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ । २९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ । उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू