काठमाडौं – जुवा खालबाट पक्राउ परेका पूर्व राज्यमन्त्री खोभारी राययादव ३ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खोभारीलाई ३ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् ।
कार्तिक १५ गते महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनीसहित १० जना जुवाडेलाई पक्रेको थियो । स्वयम्भुस्थित साईली तामाङको घरमा जुवा खेलिरहेको सो समूहबाट महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले १ लाख ५३ हजार ५ सय नगद समेत बरामद गरेको थियो । खोभारीसँगै काभ्रेका कान्छा तामाङ, देवेन्द्र श्रेष्ठ र विक्रम लामा पनि पक्राउ परेका थिए ।


पूर्वमन्त्रीसहित १० जना जुवाडे जनही ३ हजार धरौटी बुझाएर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले बताए ।