चितवनमा ‘जात व्यवस्था उन्मुलन मोर्चा’को वैचारिक कार्यशाला सम्पन्न

एटुजेड समाचार

चितवन –  ‘जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल’ले चितवनमा २ दिने कार्यशाला सम्पन्न गरेको छ । मोर्चाले जात व्यवस्था, दलित आन्दोलन, कम्युनिष्ट आन्दोलनको अबको दिशा लगायतका विषयमा कार्तिक २४ र २५ गते वैचारिक कार्यशाला सञ्चालन गरेको हो ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक आहुति र वैज्ञानिक समाजवादी महिला संगठनका संयोजक धनकुमारी सुनारले कार्यशालामा प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा मोर्चामा आवद्ध सदस्यहरुमध्ये विभिन्न प्रदेशबाट प्रतिनिधित्व रहने गरि ७० जनाको सहभागिता रहेको थियो ।

यसै बीचमा मोर्चाको विस्तारित वैठक पनि सम्पन्न भएको छ । कार्यशालामा उपस्थित मोर्चाका उपलब्ध केन्द्रीय सदस्यहरु एवम् कार्यशालाका सहभागीहरुको उपस्थितीमा वैठक सम्पन्न भएको हो । सो वैठकले मोर्चाको विभिन्न समितिमा आवद्ध रहेर क्रियाशिल रहेका ११ जनालाई केन्द्रीय समितिमा चयन गरेको छ । वैठकले सीता बराइली, बिनिता रत्न, आश्मा राई, यम रसाईली, तिर्थ मजाकोटी, नारायण परियार, सीता नेपाली, विजय विश्वकर्मा, दुर्गा काफ्ले, निश्हल परियार र सागर गान्धारीलाई केन्द्रीय समितिमा चयन गरेको हो ।  सो वैठकले सबै जिल्लामा मोर्चाको समिति गठन गर्नुका साथै प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमहरु गर्ने पनि निर्णय गरेको छ ।

साथै, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको आयोजनामा महिला हिंसा विरुद्ध ¥याली एवम कोण सभा पनि सम्पन्न भएको छ । २५ गते भरतपुरको हाकिम चोकबाट शुरु भएको ¥याली चौबिसकोठीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेश्वरी सुवेदी, सुदुरपश्चिम प्रदेश संयोजक पुष्प भण्डारी, जात व्यवस्था उन्मुलन मोर्चा नेपालको २ नम्बर प्रदेश संयोजक दिपनारायण दास र युवा नेता लक्षुराम वि.क.ले विचार राखेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु