चितवन – चितवनमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना देखिएको हो ।
संक्रमित मध्य चितवनका १० जना रहेका छन् । उनिहरु मध्य पुरुष र महिला समान ५-५ जना रहेका छन् । अन्य ११ जना जिल्ला बाहिरका हुन् ।


