शैक्षिक बिकासको लागि महानगर लागिपरेको छ : मेयर दाहाल

एटुजेड समाचार

भरतपुर,  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक बिकासको लागि महानगर लागिपरेको बताउनुभएको छ । आज उहाँले आफैले माध्यमिक शिक्षा हासिल गरेको बिद्यालय भरतपुर २२, पटिहानीको स्थलगत अनुगमनपछि अनौपचारिक छलफलको क्रममा उक्त कुरा बताउनुभएको हो । महानगरका सबै सामुदायिक विद्यालयको भौतिक पुर्वाधारका लागि आफू सुरुवातदेखि नै लागिरहेको बताउदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

शैक्षिक बिकासमा महानगरले भौतिक पुर्वाधार बिकास, बिद्यालय नर्स कार्यक्रम, मेयरसग बालबालिका कार्यक्रम, प्रत्येक आधारभुत विद्यालयमा ल्यापटपको ब्यवस्था, शिशु शिक्षिकाको लागि प्रोत्साहन भत्ता, स्कुल बस, छात्राहरुलाई साईकल बितरण, लगाएत कैयौं काम गरिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुको साथै थप कार्यक्रमका साथ अगाडि बढ्ने बताउनुभयो । साथै मेयर दाहालद्वारा आफुले माध्यमिक शिक्षा हासिल गरेको अमर माध्यमिक विद्यालयको भौतिक पुर्वाधार बिकासको लागि कुनै कसर बाकी नराख्ने बताउनुभयो। सोही क्रममा नगर शिक्षा अधिकारी महेन्द्र पौड्यालद्वारा समग्र महानगरको शैक्षिक स्थिति र शैक्षिक गुणस्तरका लागि सम्बन्धित सरोकारवालाहरुले खेल्नुपर्ने भुमिकाको बारेमा प्रष्ट पार्नुभयो ।

भरतपुर २२ का वडा अध्यक्ष एवम् विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बिष्णुराज महतोले समग्र विद्यालयको अवस्थाको बारेमा जानकारी दिनुभयो साथै सहायक प्र.अ. तिलक पौडेल, निवर्तमान प्र.अ. उमानाथ सापकोटा, शिक्षक प्रतिनिधि तोयनाथ पौडेल, शिक्षकहरु सुर्य बराल र रामचन्द्र रेग्मीले विद्यालयको समग्र परिबेशको बारेमा चर्चा गर्नुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू