चितवन – चितवनमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा चितवनका १४ जना र अन्य जिल्लाका १० जना रहेका छन् ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल कोभिड १९ मोलिक्युलर ल्याबमा गरिएको परिक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा चितवनका १४ जना रहेका छन् ।


सिरहाका ३ जना, सप्तरी, कैलाली, सुर्खेतका १।१ जना, नवलपरासीका ३ जना, तनहुँका १ जना रहेका छन् ।